✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख १९ गते सोमबार, ई.सं. २, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष द्वितीया, नक्षत्र- कृतिका, योग- सौभाग्य, करण- वालव, चन्द्रराशि- वृष, सूर्योदयः ५ः२६, सूर्यास्तः १८ः३७ ।
मेष : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
वृष : ठूला व्यक्तिबाट अपहेलित बन्नुपर्नेछ ।
मिथुन : भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।
कर्कट : नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
सिंह : काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ ।
कन्या : स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
तुला : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।
वृश्चिक : प्रतिष्ठित काम गर्ने मौकासमेत मिल्नेछ ।
धनु : आफैँले गरेको काममा ढिलासुस्ती हुनेछ ।
मकर : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ : धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
मीन : वेकारको विवादमा सहभागी हुनुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच