काठमाडौं । नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गर्नु भएको छ ।
आफू मेयर सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गर्नुभयो । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू महिलामैंत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने तर्क गर्नु भयो । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उहाँको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताउनु भयो ।
आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उहाँले पटकपटक दोहो-याउनु भयो । स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भईरहन जरुरी नभएको दोहो-याउनु भयो ।
स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताउनु भयो ।
उहाँले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच