काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधामा अवार्ड प्राप्त गरेको छ । कम्पनीले ‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ अवार्ड प्राप्त गरेको हो ।
कम्पनीका अनुसार विश्वविख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै प्रतिष्ठित संस्थाबाट स्वतन्त्ररूपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचांकमा उत्कृष्ट कार्यसम्पादनका आधारमा अवार्ड प्रदान गरिएको हो ।
बिमस्टेक मुलुकबाट प्यानलिस्ट भई नेपालबाट प्रतिनिधित्व गर्नुभएका सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले अवार्ड ग्रहण गर्नुभएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र