विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु

Read Time = 1 min

विसकेक । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

विषाक्त खाद्य पदार्थका कारण अरू १८ जना १४ वर्षभन्दा कम उमेरका बालबालिका बिरामी भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीले जनाएका छन् । प्रहरीले विषाक्त खाद्य पदार्थ बिक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ । (रासस/सिन्हृवा)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?