महजोडी छोटा फिल्ममा सक्रिए

Read Time = 2 mins

काठमाडौं । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)को अभिनय पछिल्लो समय चलचित्रको पर्दामा मात्र देख्न पाइएको थियो । कुनै समय निरन्तर टेलिभिजनको पर्दामा टेलिफिल्ममार्फत दर्शकको मन जित्नुभएका महजोडी अहिले पुनः छोटा फिल्ममा सक्रिए हुनुभएको छ ।

महजोडीकै प्रस्तुतिमा निर्माण भएका छोटा फिल्म अहिले महसञ्चारको युट्युबमा सार्वजनिक भइरहेका छन् । सरकारसँग समन्वयन गरेर महसञ्चारले सन्देशमूलक फिल्म निर्माण गरिरहेको छ । यसैबीच पाँच दिनअघिमात्रै सार्वजनिक छोटो फिल्म ‘सरी ज्वाइँ साब’ नेपालको युट्युब ट्रेन्डिङमै परेको छ । चालीस मिनेट हाराहारीको यो फिल्म समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत निर्माण भएको हो । फिल्मले लागूऔषध सम्बन्धी जनचेतनामूलक सन्देश दिने प्रयास गरेको छ ।

फिल्म महजोडीबाहेक प्रथम क्षेत्री, नवीन लम्साल, पूर्णबहादुर शारू, वसन्त सापकोटा, नानु बस्नेत, सावित्रा खड्का, दिपिशी बिसी, सविना गोपाली, विमल खड्का, रोशनी गौतमलगायतको अभिनय छ । फिल्मको कथा, पटकथा र संवाद हरिवंशकै हो । निर्देशन भने महजोडीले गर्नुभएको हो ।

यस्तै एक महिनाअघि महजोडीले नै ‘अनुस्का’ नामको छोटो फिल्म निर्माण गरेको थियो । जुन फिल्ममा प्रविधिको प्रयोगले युवाहरूमा पारेको असर देखाइएको छ । यस्तै ‘हुण्डी’ नामको अर्को छोटो फिल्ममा महजोडीले हुण्डीको प्रयोग गर्न नहुने सन्देश दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?