विजय रावत/हिटा
जुम्ला । जुम्लामा डिजिटल नक्साबाट मतदान केन्द्रको सुरक्षा गरिने भएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षाका लागि भौतिकरूपमा अनुगमनदेखि डिजिटल नक्साबाट अनुगमन गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सासमेत तयार गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘डिजिटल माध्यमबाटै भौगोलिक विषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी सुरक्षा व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा जिल्ला सुरक्षा समितिले डिजिटल नक्सासमेत तयार पारेको छ ।’
जिल्लाभर ७९ वटा मतदानस्थल र १०२ वटा मतदान केन्द्र रहेका छन् । तिनीहरूमध्ये १४ वटा मतदान केन्द्रमा पाँच सयभन्दा कम मतदाता रहेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भन्नुभयो, ‘केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् । त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाका विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । जिल्लाका मतदानस्थलहरूमा एक महिनाअघिदेखि सुरक्षा निकायले अनुगमन थालेको छ ।’
सबै निर्वाचनस्थलमा खटिए नेपाली सेना र सशस्त्र प्रहरी यहाँका सबै निर्वाचनस्थलमा नेपाली सेना र सशस्त्र प्रहरी खटिएका छन् । राज्यले दिएको अधिकार र मापदण्डमा निर्वाचन सुरक्षाका लागि मतदानस्थलमा नेपाली सेना परिचालन भइसकेको नन्दबक्स गणका गणपति रविन थापाले बताउनुभयो । जिल्लामा डिजिटल नक्सा राखिएको र सो नक्साबाट सुरक्षा निकायले जिल्लाभर कसरी मतदानस्थलमा काम गरिरहेको छ सो हेर्न सकिने नेपाली सेनाले जनाएको छ । डोल्पा, हुम्ला, मुगु र कालिकोटमा समेत थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ड्रोनको समेत प्रयोग गरेर सबै मतदानस्थलको विवरण अपडेट गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । जुम्लाबाट छनोट भएका ६६९ जना म्यादी प्रहरीसमेत परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच