काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताउनु भएको छ । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताउनु भएको हो ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उहाँको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उहाँले भन्नुभयो, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो रु यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’
कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बन्नुभएकी सृजना सिंहले विजयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताउनु भयो ।
दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।
आफ्नो आवेग र असन्तुष्टिलाई बिर्सेर कांग्रेस उम्मेदवारलाई निर्वाचित गराउने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच