गठबन्धनको सरकारले स्थायित्व दिन्छ : डिना उपाध्याय

Read Time = 1 min

चितवन । नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गर्नुभयो। गठबन्धनको सरकारले स्थायित्व दिने बताउँदै उहाँले जनताको आवाजले गठबन्धन बनेको समेत बताउनु भयो ।

भरतपुरमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उहाँले जनताको चाहनाअनुसार सरकार बनेको बताउनु भयो। गठबन्धनले अब स्थानीय सरकार हाँक्ने भन्दै उहाँले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि बढाउने जमर्को गरेको जानकारी दिनुभयो ।

गठबन्धनको निरन्तरता आवश्यक रहेको दाबी गर्दै उहाँले मतदाताले चाहेको गठबन्धनको निरन्तरता गर्न शीर्ष नेताले सुनिश्चितता गर्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?