चितवनमा संयुक्त सभालाई सम्बोधन गर्दै प्रचण्ड: लाल सलाम, जय नेपालको अभिवादन

Read Time = 1 min

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको संयुक्त सभालाई सम्बोधन गर्नुभएको छ।

सम्बोधनका क्रममा उहाँले लाल सलाम र जय नेपाल दुवै शब्दावलीको प्रयोग गर्नुभयो ।

नेपाल कांग्रेसका नेता तथा कार्यकर्ताबीच ‘जय नेपाल’ प्रचलनमा रहेको थियो भने कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच ‘लाल सलाम’ शब्दावली प्रचलनमा रहेको थियो । तर, प्रचण्डले आज सम्बोधन गर्दा एकसाथ दुवै शब्दाली प्रयोग गर्नुभयो ।

‘आदरणीय जनसमुदाय लाल सलाम र जय नेपालको अभिवादन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

लाल सलाम र जय नेपालको प्रयोग सम्बोधनका क्रममा एकसाथ भन्ने सुरुवात २०४६ सालका जनआन्दोलन अघिबाट भएको दाबी उहाँले गर्नुभयो । कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सुरु गर्दा लाल सलाम र जय नेपालले सम्बोधन गर्न थालिएको उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?