बलिउड गायिका आस्था गिलले काठमाडौंमा कन्सर्ट गर्दै

Read Time = 2 mins

काठमाडौं । बलिउडकी लोकप्रिय गायिका आस्था गिलले काठमाडौंमा कन्सर्ट गर्ने हुनुभएको छ । उहाँले आउँदो शनिबार अर्थात् वैशाख २४ गते दरबारमार्गस्थित क्लब प्लाटिनममा ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट गर्दै हुनुहुन्छ ।

कार्यक्रममा उहाले आफ्नो बउिडका हिट गीत ‘पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु, अभी तो पार्टी सुरु हुई है, नागिन दिन गिन गिन, कमरियालगायत दर्जन बढी हिट गीत प्रस्तुत गर्नुहुनेछ । युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रूपमा आयोजना हुन लागेको कार्यक्रमको उद्देश्य दर्शकलाई सांगीति मनोरञ्जन दिने र नपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले बताउनुभयो । साधारण एक हजार र भीआइपीका लागि दुई हजार टिकटे कार्यक्रमको राखिएको छ ।

चलचित्र ‘फग्ली’ को पार्टी सङ ‘ढुप चिक’बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘हृयाप्पी हृयाप्पी’, ‘कमरिया’लगायत थुप्रै गीत हिट छन् । उहा स्टण्ट वेष्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुनुहुन्छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?