सेफ्स एसोसिएसनको २८औँ वार्षिकोत्सव

Read Time = 2 mins

काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा सेफ्स एसोसिएसन अफ नेपालको २८औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले नेपालमा सेफहरू पर्याप्त भए पनि सबै क्षेत्रमा पुर्‍याउन नसकिएको बताउनुभयो । अधिकांश पाँचतारे होटल काठमाडौंमै रहेकाले मानिसहरू पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरुचाउने गरेको उहाँको भनाइ छ । साहले सिद्धहस्त सेफको पहिलो रोजाइ विदेश भएकाले पनि व्यवस्थापन गर्न गाह्रो भएको बताउनुभयो ।

त्यस्तै एसोसिएसनका अध्यक्ष श्याम लामाले सेफहरूको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले पनि बजेट छुट्याएर सातै प्रदेशका ७७ वटै जिल्लामा नेपाली खाना र नेपाली खानाको हकहितबारेमा सहयोग गर्ने हो भने हामी अघि बढ्न सक्छौँ ।’ एसोसिएसनले खानाको शुद्धता तथा स्वास्थ्यता हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित २८औँ वार्षिकोत्सव मनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?