टाटा एस इभी सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सले टाटा एस इलेक्ट्रिक भर्सनमा ‘एस इभी’ सार्वजनिक गरेको छ । कमर्सियल भेइकलका रूपमा बजारमा उपलब्ध गराएको १७ वर्षपछि टाटा मोटर्सको ‘छोटा हाथी’ सेगमेन्ट निकै लोकप्रिय बनेको थियो । टाटाले एस इभीमा पहिलोपटक इभोजेन पावर ट्रेनको प्रयोग गरेको छ, जसले एक सय ५४ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

गाडीमा भएको २१.३ किलोवाट आवरको ब्याट्री प्याकले ३६ बिएचपी पावर र १३० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार ड्राइभिङ रेन्ज बढाउन उन्नत ब्याट्री कुलिङ सिस्टम र रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसमेत उपलब्ध छ । हाल उपलब्ध ग्यासोलिन पावर भर्सनसँगको एस इभीसमेत निकै नै मिल्दोजुल्दो छ ।

इन्टेरियरमा ब्लुटुथ कनेक्टिभिटीसहितको सात इन्चको इन्फोटेनमेन्ट सिस्टम साथै सेन्टर ड्यासमा इन्टरटेनमेन्ट सिस्टमसँगै इन्स्ट्रयुमेन्ट क्लस्टर, व्याकअप क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम र अन्य विभिन्न फिचर रहेको बताइएको छ । अल इलेक्ट्रिक भर्सनमा उपलब्ध टाटा एसको मूल्य चारदेखि साढे पाँच लाख भारुसम्म पर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?