टाटा एस इभी सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सले टाटा एस इलेक्ट्रिक भर्सनमा ‘एस इभी’ सार्वजनिक गरेको छ । कमर्सियल भेइकलका रूपमा बजारमा उपलब्ध गराएको १७ वर्षपछि टाटा मोटर्सको ‘छोटा हाथी’ सेगमेन्ट निकै लोकप्रिय बनेको थियो । टाटाले एस इभीमा पहिलोपटक इभोजेन पावर ट्रेनको प्रयोग गरेको छ, जसले एक सय ५४ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

गाडीमा भएको २१.३ किलोवाट आवरको ब्याट्री प्याकले ३६ बिएचपी पावर र १३० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार ड्राइभिङ रेन्ज बढाउन उन्नत ब्याट्री कुलिङ सिस्टम र रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसमेत उपलब्ध छ । हाल उपलब्ध ग्यासोलिन पावर भर्सनसँगको एस इभीसमेत निकै नै मिल्दोजुल्दो छ ।

इन्टेरियरमा ब्लुटुथ कनेक्टिभिटीसहितको सात इन्चको इन्फोटेनमेन्ट सिस्टम साथै सेन्टर ड्यासमा इन्टरटेनमेन्ट सिस्टमसँगै इन्स्ट्रयुमेन्ट क्लस्टर, व्याकअप क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम र अन्य विभिन्न फिचर रहेको बताइएको छ । अल इलेक्ट्रिक भर्सनमा उपलब्ध टाटा एसको मूल्य चारदेखि साढे पाँच लाख भारुसम्म पर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता