गोरखा । नेपाली कांग्रेस गोरखाले ६ जना बागी उम्मेदवारलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
शनिबार जिल्ला अनुशासन समितिका संयोजक कृष्णबहादुर आलेले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्कासन गरेको बताउनु भएको हो ।
कारबाहीमा पर्ने मध्ये आरुघाट गाउँपालिका वडा नम्बर ७ का रणबहादुर बराम, पालुङटार नगरपालिका वडा नम्बर ४ का स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद सोडारी, वडा नम्बर १० का अमर धिताल र सरस्वती भारती, गोरखा नगरपालिका वडा नम्बर ४ का लालप्रसाद भट्टराई, गोरखा नगरपालिका वडा नम्बर ६ का रंगुबाबु श्रेष्ठ हुनुहुन्छ ।
उहाँहरू सबैलाई पार्टीको विधान अनुसार पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताउनु भयो ।
बागी उम्मेदवार सबैलाई गत बिहीबार (वैशाख २१ गतेसम्म) उम्मेदवारी फिर्ताको समय दिइएको थियो । तर, तोकिएको समयसम्म पनि उम्मेदवारी फिर्ता नगर्ने र स्थगनको घोषणा नगर्नेलाई विधानतः स्वतः कारबाही गरिएको सभापति न्यौपानेले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच