स्वप्न र ज्योत्सना बाधिनुभयो विवाह बन्धनमा

Read Time = 2 mins

काठमाडौं । गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले बिवाह गर्नुभएको छ । गएको बिहीबार उहाँहरूले केही साथी र परिवारको उपस्थितिमा बिवाह गर्नुभएको हो । शुक्रबार उहाँहरूले ‘बाचा भयो’ बोलको गीत सार्वजनिक गर्दै विवाह बन्धनमा बाँधिएको जानकारी दिनुभएको छ । स्वप्नले आफूहरू चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताउनुभएको छ ।

स्वप्न सुमनले शुक्रबार गीतको भिडियो शेयर गर्दै लेख्नुभएको छ, ‘कसैलाई हृदयभरीको माया दिन सक्षम हुनु र त्यही प्राप्त गर्न सक्नु एकदमै विशेष अनुभूति हो । पहिलो दिनदेखि नै मेरो सबैभन्दा ठूलो शक्ति भएकी जोजोजस्तो पार्टनर पाउँदा म धन्य महसुस गरेको छु । सबैबाट माया र आशीर्वादको आशा छ ।’

विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’लगायत गीत चर्चित छन् । २७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गर्नुभएको थियो । सन् २०१२देखि युट्युबमा आफूले गाएको भिडियो हाल्थे । सन् २०१४मा उहाँको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो । त्यस्तै २८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडियोमा अभिनय गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?