बहुविवाह कसुरमा महोत्तरीमा दम्पती पक्राउ

Read Time = 1 min

महोत्तरी । बहुविवाह कसुरमा महोत्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास ३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।

विश्वकर्माले घरमा श्रीमती हुँदाहुँदै ओखलढुङ्गाबाट कान्छी श्रीमतीको रूपमा मंगलीमाया विश्वकर्मालाई विवाह गरेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरीले मंगलीमायालाई पनि पक्राउ गरेको छ । उनीहरू जेठी श्रीमती सुनिता भएकै ठाउँमा एकसाथ बस्दै आएका थिए ।

दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप्दै थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख रवि रावलले जानकारी दिनुभयो ।

विशाल बस्नेत/न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए