निर्वाचनमा देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन

Read Time = 1 min

काठमाडौं । गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ ।

निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको हो ।

‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकै चरणमा विर्नाचन हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?