गठबन्धनले जितेमा सुकुम्वासीले लालपुर्जा पाउने बानियाँको आश्वासन

Read Time = 2 mins

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनले जितेको अवस्थामा सुकुम्वासीहरूले लालपुर्जा पाउने आश्वासन दिनुभएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले मकवानपुरगढीमा गठबन्धनले जितेमा सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई उनीहरूकै नाममा जग्गाको लालपुर्जा उपलब्ध गराइने बताउनु भयो ।

उहाँले मकवानपुरगढी ५ स्थित सयौँ परिवार सामरी खोलाको कारण जोखिममा रहेकाले खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरी बस्तीको संरक्षण गर्ने बताउनु भयो।

ऐतिहासिक महत्त्व बोकेको मकवानपुरगढी गाउँपालिकालाई नमुना पालिकाको रूपमा स्थापित गर्न गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्दै बानियाँले गठबन्धनलाई जिताउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

‘यो निर्वाचनले लोकतन्त्र र संविधानमाथि नै प्रहार गर्नेहरूलाई सबक सिकाउने निर्वाचन हो,’ बानियाँले भन्नुभयो ‘जनताको मर्म र भावनालाई बुझेर नै गठबन्धन गरिएको हो, सबै एकजुट भई साझा उम्मेदवारहरूलाई जिताउन अपिल गर्दछु ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?