हलिउड चलचित्रले दुई करोड कमाउँदा षट्कोण दर्शक नपाएर उत्रियो

Read Time = 2 mins

काठमाडौं । नेपालमा नेपाली चलचित्रभन्दा विदेशी चलचित्र हेर्ने दर्शक बढी छन् भन्दा फरक नपर्ला । यसको उदाहरण पछिल्लो केही महिनायताको समयलाई दिन सकिन्छ । नेपाली चलचित्र पनि हलमा प्रदर्शन भइरहेका छन् र विदेशी चलचित्र पनि । तर दर्शक विदेशी चलचित्रमै ओइरिरहेका छन् ।

गत शुक्रबारदेखि दुई नेपाली र एक विदेशी चलचित्र प्रदर्शनमा आए । नेपाली चलचित्रतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज–२’ । तीन चलचित्रमध्ये हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ । साम रेइमी निर्देशित यस चलचित्रले २ दिनमा २ करोड ११ लाख कलेक्सन गरेको हो ।

काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो सिरिजको कथावस्तु हो । यस चलचित्रमा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनलगायत कलाकारको अभिनय छ ।

विदेशी चलचित्रले नेपाली बजारमा राम्रो व्यापार गरिरहेको बेला सँगै प्रदर्शनमा आएका दुई नेपाली चलचित्रको व्यापार भने दयनीय छ ।
नेपाली चलचित्रको कमजोर ओपनिङबीच चलचित्र ‘षट्कोण’लाई मल्टिप्लेक्स हलबाट हटाइएको छ । कर्मा अभिनित यस चलचित्रलाई नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सको सम्पूर्ण हलबाट तीन दिनमै हटाइएको छ । त्यसैगरी, एफक्युब सिनेमाज, क्युज सिनेमाज, वान सिनेमाज र बिग मुभिजबाट यो फिल्म हटेको छ ।

‘लक्का जवान’ले भने केही शो पाइरहेको छ । क्युएफएक्स चेनले दिनमा यो चलचित्रलाई ६ शो दिएको छ । यो चलचित्रमा पनि दर्शकको संख्या घट्दै गइरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
कांग्रेसमा विधान संशोधनको प्रस्ताव : रमेश लेखकले अघि सारे ४३ बुँदा (अवधारणा-पत्रसहित) ट्रम्पको दाबी : ‘इरानलाई हराएपछि स्ट्रेट अफ होर्मुज अमेरिकाको भूभाग घोषणा गर्छु’ इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २० जनाको मृत्यु सभापति र केन्द्रीय समितिको वैधानिकतामा अलमलिनुपर्दैन : विश्वप्रकाश शर्मा २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ता, चार महिनामा २२९ जनाले… विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव : विशेष महाधिवेशनको विरोध, देउवाकै नेतृत्वमा १५औँ महाधिवेशनको… विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैन : उर्जाविज्ञ अधिकारी चुनावपछि पहिलोपटक गृह जिल्ला झापा पुगे ओली, भोलि ‘मिसन पार्टी जागरण’ उद्घाटन… बर्दियामा ३ सय ४९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्य : अध्यक्ष डाँगी