गठबन्धन नेतालाई ओलीको प्रश्न: कहिलेसम्म जनतामाझ जान रोक्छौ ? ३० वैशाख त आइसक्यो !

Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनतामाझ जानबाट कहिलेसम्म रोक्छौ भनेर गठबन्धन आवद्ध दलका नेतालाई प्रश्न गर्नुभएको छ । काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफू प्रधानमन्त्री रहँदा ताजा जनादेशमा जाने तयारी गरेपछि गठबन्धन गरेर हटाएको आरोप लगाउनु भयो ।

कहिलेसम्म जनतामाझ जान रोक्छौ भन्दै प्रश्न गर्नुभएको ओलीले भन्नुभयो, ‘जनतामाझ जाने भनेपछि गठबन्धन गरेर हटाए । उनीहरुसँग काम गरेको भन्ने कुरा छैन । ओलीले भन्नुभयो, 'जनतामाझ जान खोज्यो, सरकारबाट हटायौँ । कहिलेसम्म जनतामाझ जान रोक्छौ, ३० वैशाख त आइसक्यो ।’

अदालतले एमाले संसद भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै उहाँले कांग्रेसले गर्दा संवैधानिक भनेको आरोप लगाउनु भयो ।

कांग्रेसले लोकतन्त्रको परिभाषा बदलेको टिप्पणी गर्दै उहाँले कांग्रेस कार्यकर्ताले अरु पार्टीलाई मत दिनुपर्ने अवस्था आएको बताउनु भयो ।

एमाले अध्यक्ष ओलीले निर्वाचनमा एमालेले धाँधली नगर्ने प्रष्टउनु भयो । उहाँले एमालेले निर्वाचन आँधली नगर्ने भन्दै निर्वाचन आयोगसहित प्रहरीलाई आ-आफ्नो कर्तव्य पूरा गर्न आग्रह गर्नुभयो ।

अरु पार्टीले धाँधली गर्न सक्ने आशंका गर्दै ओलीले मतदान सकिएपछि मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै उहाँले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा सत्तारुढ गठबन्धनसहित सरकारी संयन्त्रमाथि आशंका उब्जाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?