सूर्य नेपाल गल्फ : सुवासलाई अग्रता

Read Time = 2 mins

काठमाडौं । सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन अग्रता लिनुभएको छ । काठमाडौंस्थित गोकर्ण गल्फ क्लबमा सोमबार भएको खेलमा सुवासले शुक्रबहादुर राईमाथि एक-स्ट्रोकको अग्रता लिनुभएको हो ।

एमच्योर सुवासले शीर्षस्थानमा रहन बोगी-फ्रि आठ अन्डर ६४ कार्ड बनाउनुभएको थियो । व्यावसायिक खेलाडी शुक्रबहादुर राई सात अन्डर ६५ स्कोर बनाउँदै दोस्रो स्थानमा रहनुभयो ।

एमेच्योर टाशी छिरिङ र प्रो रवि खड्का पाँच अन्डर ६७ स्कोरका साथ तेस्रो स्थानमा हुनुहुन्छ । नेपालका नम्बर एक प्रो भुवन नगरकोटी, दिनेश प्रजापती र एमेच्योर सद्भाव आचार्य चार अन्डर ६८ स्कोरका साथ पाँचौं स्थानमा हुनुहुन्छ ।

यस टुरको विजेताले एक लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् । यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?