कर्मचारीका छोराछोरीलाई दुई लाख छात्रवृत्ति

Read Time = 1 min

काठमाडौं । नबिल बैंकले कर्मचारीका छोराछोरीलाई दुई लाखको छात्रवृत्ति प्रदान गरेको छ । बैंकले पूर्वअध्यक्ष स्वर्गीय शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षदेखि कर्मचारी परिवारका लागि सुरु गरेको ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ अन्तर्गत दुई लाखको छात्रवृति प्रदान गरेको हो ।

छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीले राष्ट्रिय परीक्षा बोर्डको प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने मिहिनेती तथा जेहेनदार छोराछोरीको नाम मनोनयन गर्न सक्नेछन् । मनोनीत कर्मचारी परिवारका सन्तानबाट उत्कृष्ट नतिजा ल्याउने दुई पुरुष र दुई महिला सन्तानलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कार रकम ५० हजार प्रत्येक विजेता कर्मचारीका सन्तानलाई प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?