काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ ।
काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन् । यस्तै २९ जना पत्रकारलाई पनि कारवाही गरिएको काउन्सिलले जनाएको छ ।
कारवाही गरिएका मिडियामध्ये ३६ वटासँग स्पष्टीकरण तथा जवाफ माग, ८१ वटालाई निर्देशन, १७ वटालाई सचेत गराइएको, ४६ वटालाई ध्यानाकर्षण र ४४ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ ।
प्रकाशित तथा प्रसारित भएका २२३ वटा सामाग्रीलाई लिएर काउन्सिलले २१२ वटा मिडियालाई कारवाही गरेको हो । निर्वाचन आयोगले मिडियाले निर्वाचन अचारसंहिता पालना गरेको वा नगरेको भन्ने अनुगमन गर्ने जिम्मेवारी काउन्सिललाई दिएको थियो । सोही अनुसार काउन्सिलले अनुगमन गरी कारवाही गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच