काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अफ्रिकी देश युगान्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी-२० शृंखला खेल्न लागेको हो ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार युगान्डासँगको अन्तर्राष्ट्रिय शृंखलाका लागि मिति सार्वजनिक गरेको छ । शृंखलाका सबै खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । एसिया कप छनोटको तयारीका लागि नेपाली खेलाडीलाई उक्त शृंखला खेल्ने व्यवस्थापन क्यानले मिलाएको हो ।
नेपालले शृंखलाको पहिलो खेल असार २ गते खेल्ने तालिका रहेको छ । त्यसबाहेक असार ३, ५, ६ र ७ गते शृंखलाका अन्य खेलहरू हुनेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच