लन्डन । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई उसकै मैदानमा ३-० गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा मासन माउन्ट, क्रिस्टियन पुलिसिस र रोमेलु लुकाकुले एक÷एक गोल गर्नुभयो । खेलको चौथो मिनेटमा मासन माउन्टको गोलबाट चेल्सीले अग्रता बनायो ।
२४औँ मिनेटमा ड्यानियल जेम्स सिधै रातो कार्ड खाँदै मैदान छोड्नुपरेपछि लिड्स १० खेलाडीमा सीमित रहृयो । ५५औँ मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाउनुभयो । ८३औँ मिनेटमा रोमेलु लुकाकुले हाकिम जियाचको पासमा गोल गर्दै चेल्सीलाई जित दिलाउनुभयो ।
यो जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलबाट ७० अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ६६ अंक छ । पराजित लिड्सलाई रेलिगेसन दबाब बढेको छ । लिड्स ३४ अंक जोडेर १८औँ स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा म्यानचेस्टर सिटीले वल्भ्समाथि उसकै मैदानमा पाँच/एकको फराकिलो जित हात पा¥यो । सिटीको जितमा बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाले चार गोल तथा रहिम स्टर्लिङले एक गोल गर्नुभयो । वल्भ्सका लिन्डर डेन्डनकरले एक गोल फर्काउनुभयो ।
खेलको सातौँ मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले अग्रता लियो । ११औँ मिनेटमा लिन्डर डेन्डनकरले बराबरी गोल फर्काउनुभयो । १६औँ मिनेटमा ब्रुएनाले दोस्रो र २४औँ मिनेटमा हृयाट्रिक पूरा गर्नुभयो । ६०औँ मिनेटमा ब्रुएनाले चौथो गोल गर्नुभएको थियो । ८४औँ मिनेटमा रहिम स्टर्लिङले सिटीका लागि पाँचौँ गोल गर्नुभएको थियो ।
यो जितसँगै उपाधि संघारमा रहेको सिटीको ३६ खेलबाट ८९ अंक पुग्दा दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि पारेको छ । पराजित वल्भ्स ५० अंक जोडेर आठौँ स्थानमा रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच