भक्तपुर । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ ।
जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि