धितोपत्र कारोबारमा अर्बौं करछलीको आशंका

Read Time = 3 mins

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मर्जर तथा एक्विजिसनका नाममा धितोपत्रको दोस्रो बजारबाट अर्बौंको करछली भएको आशंका गर्दै उक्त कारोबार विवरण माग गरेको छ । महालेखाले सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गर्दै विवरण माग गरेको हो ।

महालेखाले गाभ्ने/गाभिने बैंक, वित्तीय संस्था तथा मर्जरअघि कायम रहेका सेयरधनीको विवरण माग गरेको छ भने गाभ्ने/गाभिने प्रक्रिया पूरा गरेका कम्पनीका सेयरधनीले सेयर बिक्री गर्दा पुँजीगत लाभकर छुट लिएकाको समेत विवरण माग गरेको छ । उसले बोधार्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पनि पठाएको छ । महालेखाले विवरण मागे पनि विवरण उपलब्ध गराउन समस्या रहेकोे सिडिएस एन्ड क्लियरिङका अधिकारीले बताएका छन् ।

आयकर ऐन २०५८ अनुसार कुनै पनि गाभिने संस्थाका सेयरधनीले सेयर बिक्री गरेको हकमा पुँजीगत लाभकर मर्जर भएको मितिले दुई वर्षसम्म लाग्ने व्यवस्था रहेको छ । त्यसैगरी गाभिने संस्थाका सेयरधनीले पाउनुपर्ने पुँजीगत लाभकर छुट गाभ्ने तथा प्राप्ति गर्ने कम्पनीका सेयरधनीले पनि लिँदै आएका छन् । कानुनको गलत व्याख्या गरी पुँजीगत लाभकरबापत राज्यलाई अर्बौं नोक्सानी भएपछि महालेखाले अध्ययन सुरु गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सुरु गराएपछि २०७८ पुस मसान्तसम्म कुल दुई सय ३९ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । जसमध्ये एक सय ७७ संस्थाको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् । आयकर ऐनको दफा ४७ लाई देखाउँदै गाभ्ने÷गाभिने तथा प्राप्तिमा सहभागी सबै संस्थाका सेयरधनीले पुँजीगत लाभकर छुट लिँदै आएका छन् ।

लाभांशमा लाग्ने कर तथा पुँजीगत लाभकरका सन्दर्भमा ऐनमा भएको व्यवस्थालाई हेर्दा पनि गाभिने कम्पनीका सेयरधनीले मात्र छुट पाउने देखिन्छ ।

नेप्से सूचीकरण भएका कम्पनीको सेयर कारोबारबाट प्राप्त लाभमा प्राकृतिक व्यक्तिलाई लाभको पाँच प्रतिशत र अन्यको हकमा १० प्रतिशतले कर लाग्छ । एक वर्षभन्दा बढी समय सेयर होल्ड गर्ने लगानीकर्तालाई पाँच प्रतिशत र सो भन्दा कम अवधिमा बिक्री गर्नेका लागि ७.५० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता