ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । महानगरपालिकाको मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा वडा नम्बर १ बाट शुरु भएको हो । जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपालिकाको नयाँ नेतृत्वको लागि भएको स्थानीय तह सदस्य निर्वाचनमा आज सबै वडाहरुको मतपेटिका जम्मा गरेर मतगणना शुरु गरिएको हो । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन र नेकपा एमालेको तर्फबाट नेता हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दिनुभएको थियो । दुई दलका नेताहरुको बीचको प्रतिष्पर्धालाई महत्वपूर्ण रुपमा हेरिएको छ । वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको आज देशभर मतपेटिका जम्मा गरेर मत गणना कार्य शुरु भइरहेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :