ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । महानगरपालिकाको मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा वडा नम्बर १ बाट शुरु भएको हो । जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपालिकाको नयाँ नेतृत्वको लागि भएको स्थानीय तह सदस्य निर्वाचनमा आज सबै वडाहरुको मतपेटिका जम्मा गरेर मतगणना शुरु गरिएको हो । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन र नेकपा एमालेको तर्फबाट नेता हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दिनुभएको थियो । दुई दलका नेताहरुको बीचको प्रतिष्पर्धालाई महत्वपूर्ण रुपमा हेरिएको छ । वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको आज देशभर मतपेटिका जम्मा गरेर मत गणना कार्य शुरु भइरहेको छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम