काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ मा मधेश प्रदेशका चार स्थानीय तह बजेटविहीन बनेका छन् । मधेश प्रदेशका एक उपमहानगरपालिकासहित तीन नगरपालिकाले स्थानीय बजेट ल्याउन नसकेपछि बजेटविहीन बन्न पुगेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म पनि जनकपुर उपमहानगरपालिका, गरुडा नगरपालिका, बौधीमाई नगरपालिका र पोखरिया नगरपालिकाले बजेट ल्याउन सकेका छैनन् । उल्लेखित स्थानीय तहहरू धनुषा, रौतहट र पर्साका पालिका हुन् ।
संघीय सरकारले आर्थिक वर्षको सुरुवातअघि नै प्रत्येक वर्ष जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ तर चालु आव सकिनै लागिसक्दा समेत उल्लेखित पालिकाहरूले बजेट ल्याउन नसकेका हुन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच