भारतीय प्रधानमन्त्री लुम्बिनीमा आउने भएपछि सुरक्षा व्यवस्था कडा

Read Time = 2 mins

-चन्द्रकान्त खनाल

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

लुम्बिनीमा आइतबार बिहान भारतका दुई वटा हेलिकप्टरमा भारतीय सुरक्षा फौज सहितको टिमले आएर हेलिप्याड जाँच गरि फर्किएका छन् ।

अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरू लुम्बिनी आइपुगका छन् । २५६६ औं बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ को अवसरमा मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

पाँच हजार जना अट्ने क्षमताको अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पुजआजा गरि सकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री नारायण खड्का आज लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

अहिले लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारिएको छ भने भैरहवादेखि लुम्बिनीसम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ । यहाँको सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?