भारतीय प्रधानमन्त्री लुम्बिनीमा आउने भएपछि सुरक्षा व्यवस्था कडा

Read Time = 2 mins

-चन्द्रकान्त खनाल

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

लुम्बिनीमा आइतबार बिहान भारतका दुई वटा हेलिकप्टरमा भारतीय सुरक्षा फौज सहितको टिमले आएर हेलिप्याड जाँच गरि फर्किएका छन् ।

अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरू लुम्बिनी आइपुगका छन् । २५६६ औं बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ को अवसरमा मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

पाँच हजार जना अट्ने क्षमताको अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पुजआजा गरि सकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री नारायण खड्का आज लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

अहिले लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारिएको छ भने भैरहवादेखि लुम्बिनीसम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ । यहाँको सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए