बालेन साह एकाएक भक्तपुर पुगेपछि…

Read Time = 1 min

भक्तपुर । काठमाण्डौं महानगरपालिकाका मेयरका उम्मेदबार बालेन साह भक्तपुर पुग्नुभएको छ। काठमाडौंमा मतगणना जारी रहँदा साह भक्तपुर नगरपालिका २ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुग्नुभएको हो ।

उहाँ भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित हुनुहुन्छ । यही कारण साह भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ । आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उहाँले बताउँदै आउनु भएको छ। बालेन भक्तपुर पुगेपछि उहाँसँंग सेल्फी खिच्नेहरूको भिड लागेको थियो ।

यस क्रममा साहले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंका कान्छो भाई एवं उक्त पार्टीबाट भक्तपुर नगरपालिका-५ का वडा अध्यक्षका उम्मेदवार योगेन्द्रमा बिजुक्छेका साथै भक्तपुर नगरपालिका-५ मा नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष प्रेमगोपाल कर्माचायसँंग भेटघाट पनि गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?