काठमाडौं । अत्यन्त चासोको साथ हेरिएको भरतपुर महानगरपालिका गठबन्धन र एमालेबीच प्रतिस्पर्धा चलिरहेको छ ।
जारी मतगणनामा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाललाई फेरि एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नुभएको छ ।
शनिबार दिनभरीको गणनामा थोरै मतान्तरले कहिले रेणुको अग्रता त कहिले विजयको अग्रता थियो । शनिबार रातिदेखि केहीबेर अघिसम्म रेणुले अग्रता लिइरहनुभएको थियो । तर, पछिल्लो समय अग्रता गरिरहनुभएको रेणलाई एमालेका सुवेदीले उछिन्नुभएको छ ।
पछिल्लो परिणामअनुसार रेणुले १५४१ मत ल्याउँदा सुवेदीले १६११ मत पाउनु भएको छ । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले ५३७ मत पाउनु भएको छ ।
त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार १७७५ मत पाउँदा राप्रपाको उम्मेदवारले १२४२ मत पाएका छन् । यहाँ सत्ता गठबन्धन विरुद्ध एमाले-राप्रपाको तालमेल छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल