पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिनुभएको छ। पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिनुभएको हो ।
आचार्यले १ हजार ५ सय ८५ मत पाउँदा उहाँको निकटतम प्रतिस्पर्धी कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गर्नुभएको छ। राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ६ सय ७६ मत प्राप्त गर्नुभएको छ भने एमालेकी मञ्जु गुरुङले १ हजार ५ सय ३२ मत पाउनु भएको छ। उहाँहरूको मत अन्तर १ सय ४४ छ । पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच