प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीद्वारा मायादेवी मन्दिरमा प्रार्थना (फोटो फिचर)

नवराज श्रेष्ठ
Read Time = 3 mins

भैरहवा ।  प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गर्नुभएको छ ।

एक दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आज विहान १०ः४५ बजे लुम्बिनी आईपुग्नु भएको थियो ।

भारतीय वायु सेनाको हेलिकप्टरमा मोदी लुम्बिनी आउनु भएको हो । उहाँलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गर्नुभएको थियो । त्यसपछि दुवै देशका प्रधानमन्त्री प्रार्थनाको लागि मायादेवी मन्दिर जानुभएको थियो ।

‘बुद्ध पूर्णिमाको पावन अवसरमा दुवै प्रधानमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन आउनु भएको हो । मोदीले आज ६ घण्टा लुम्बिनीमा बिताई स्वदेश फर्कने परराष्ट्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?