नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्ली र यस वरपरका क्षेत्रमा वायुको तप उच्च वृद्धि भएको छ । तीव्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको हो । दिल्ली र उत्तर प्रदेशका केही स्थानको तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ ।
दिल्लीमा सफदरजंग अब्जरभेटरीले ४५ दशमलव ६ डिग्री सेल्सियस रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुईवटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस रिपोर्ट गरेका छन् । अत्यधिक गर्मी बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ ।
तापक्रमको वृद्धिले बालबालिका र वृद्धवृद्धालाई बढी असर पर्ने भएकाले ख्याल गर्न विज्ञहरूले आग्रह गरेका छन् । भारतको मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भारतमा पछिल्लो हप्ता तामक्रममा अत्यधिक वृद्धि हुँदै आएको छ । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल