करैयामाई गाउँपालिकामा जसपाका प्रमुख र उपप्रमुख निर्वाचित

Read Time = 3 mins

-संजीवकुमार मिश्रा
बारा । बाराको सदरमुकाम देखि ५ किलोमीटर उत्तरपूर्वमा रहेको करैयामाई गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका प्रमुख र उपप्रमुख विजयी भएका छन् ।

करैयामाई गाउ“पालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव र उपप्रमुखमा सुनैना कुमारी निर्वाचित हुनु भएको छ ।
जसपा नेपालका शम्भु प्रसाद यादवले ५ हजार ५ सय ९८ मत पाउनु भएको थियो भने उहाका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुनेश्वर धामीले तीन हजार ४ सय मत पाउनु भएको थियो । यादवले दुई हजार १ सय ९८ मतको फराकिलो अन्तरले नेपाली कांग्रेसका धामीलाई हराउन सफल हुनु भएको छ ।
यसै गरि उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका सुनैना कुमारी चौधरीले ५ हजार ४ सय ३९ मत ल्याई विजयी हुनु भएको छ ।
चौधरीले आफना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चित्ररेखा कुमारी चौधरीलाई २ हजार २ सय ६७ मतको अन्तरले पराजित गर्न सफल हुनु भयो ।
चित्ररेखा कुमारी चौधरीले ३ हजार १ सय ७२ मत पाउनु भएको थियो ।
यसै गरि करैयामाई गाउँपालिकाको वडाहरुमा वडा नम्बर १ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका सोनालाल साह तेली, वडा नम्बर २ मा नेकपा एमालेका सुरेन्द्र चौधरी, वडा नम्बर ३ मा जसपा नेपालका प्रशुराम प्रसाद यादव, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका एकलाख बाबु अंसारी, वडा नम्बर ५मा नेपाली कांग्रेसका उमेश प्रसाद चौधरी, वडा नम्बर ६ मा जसपा नेपालका राजकुमार चौधरी, वडा नम्बर ७ मा नेपाली कांग्रेसका विरिज चौधरी र वडा नम्बर ८मा नेकपा एमालेका दिनेश चौधरी निर्वाचित हुनु भएको छ ।

करैयामाई गाउँपालिकामा ८०.२० प्रतिशत मत खसेको थियो । कुल १६ हजार ६ सय ६० मतदाताहरु मध्ये १३ हजार ३ सय ६२ मतदाता मतदानमा सहभागी भएको बाराको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?