करैयामाई गाउँपालिकामा जसपाका प्रमुख र उपप्रमुख निर्वाचित

Read Time = 3 mins

-संजीवकुमार मिश्रा
बारा । बाराको सदरमुकाम देखि ५ किलोमीटर उत्तरपूर्वमा रहेको करैयामाई गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका प्रमुख र उपप्रमुख विजयी भएका छन् ।

करैयामाई गाउ“पालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव र उपप्रमुखमा सुनैना कुमारी निर्वाचित हुनु भएको छ ।
जसपा नेपालका शम्भु प्रसाद यादवले ५ हजार ५ सय ९८ मत पाउनु भएको थियो भने उहाका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुनेश्वर धामीले तीन हजार ४ सय मत पाउनु भएको थियो । यादवले दुई हजार १ सय ९८ मतको फराकिलो अन्तरले नेपाली कांग्रेसका धामीलाई हराउन सफल हुनु भएको छ ।
यसै गरि उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका सुनैना कुमारी चौधरीले ५ हजार ४ सय ३९ मत ल्याई विजयी हुनु भएको छ ।
चौधरीले आफना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चित्ररेखा कुमारी चौधरीलाई २ हजार २ सय ६७ मतको अन्तरले पराजित गर्न सफल हुनु भयो ।
चित्ररेखा कुमारी चौधरीले ३ हजार १ सय ७२ मत पाउनु भएको थियो ।
यसै गरि करैयामाई गाउँपालिकाको वडाहरुमा वडा नम्बर १ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका सोनालाल साह तेली, वडा नम्बर २ मा नेकपा एमालेका सुरेन्द्र चौधरी, वडा नम्बर ३ मा जसपा नेपालका प्रशुराम प्रसाद यादव, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका एकलाख बाबु अंसारी, वडा नम्बर ५मा नेपाली कांग्रेसका उमेश प्रसाद चौधरी, वडा नम्बर ६ मा जसपा नेपालका राजकुमार चौधरी, वडा नम्बर ७ मा नेपाली कांग्रेसका विरिज चौधरी र वडा नम्बर ८मा नेकपा एमालेका दिनेश चौधरी निर्वाचित हुनु भएको छ ।

करैयामाई गाउँपालिकामा ८०.२० प्रतिशत मत खसेको थियो । कुल १६ हजार ६ सय ६० मतदाताहरु मध्ये १३ हजार ३ सय ६२ मतदाता मतदानमा सहभागी भएको बाराको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
योःसी ठड्याएको भोलिपल्ट वसन्तपुरमा सामूहिक कुमारी पूजा एउटै खेलमा कप्तान सन्दीप लामिछानेको नाममा तीन उपलब्धि काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य हुनुपर्छ : प्रहरी महानिरीक्षक कार्की प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसन फोरममा सहभागी हुने मङ्सिर २६-२८ को महाधिवेशन कुनै बहानामा रोकिँदैन अध्यक्ष लिङदेन देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छ : राजेन्द्र लिङदेन चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छ : मदनकृष्ण श्रेष्ठ सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्…