त्रिपुराको नयाँ मुख्यमन्त्रीमा माणिक साहा

Read Time = 2 mins

अगरतला । त्रिपुराको नयाँ मुख्यमन्त्रीमा माणिक साहा नियुक्त हुनुभएको छ । साहाले राज्यको ११औं मुख्यमन्त्रीका रूपमा सपथ लिनुभएको हो । राज्यपाल सत्यदेव नारायण आर्यले उहाँलाई शपथ ग्रहण गराउनुभएको थियो ।

मुख्यमन्त्री विप्लवकुमार देवले राजीनामा दिएपछि माणिक साहा नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । साहाले कांग्रेस छोडेर २०१६मा भाजपामा शामिल हुनुभएको थियो ।

मुख्यमन्त्रीको सपथ लिएपछि साहाले भन्नुभएको छ, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको विकासका मुद्दालाई लिएर अघि बढने छु । म त्रिपुराका आम जनताका समस्यालाई समाधान गर्न अग्रसर हुनेछु ।’

साहा राज्यसभा सांसद र भाजपा राज्य पार्टीको प्रमुख हुनुहुन्छ । उहाँ दातको शल्य चिकित्सकसमेत हुनुहुन्छ । साथै उहाँले त्रिपुरा क्रिकेट संघको अध्यक्षका रूपमा पनि रहेर कार्यगर्नुभएको छ । प्रोफेसर डाक्टर साहाले पूर्वोत्तर राज्यमा बहुकोणीय प्रतिस्पर्धाबीच विधानसभा चुनावमा पार्टीलाई जिततर्फ लैजाने भाजपाले विश्वास लिएको छ । त्रिपुरामा आगामी वर्ष मार्चमा चुनाव हुन गइरहेको छ । यहाँ तृणमूल कांग्रेस पनि एक प्रमुख दलका रूपमा आइरहेको छ ।

निर्वतमान मुख्यमन्त्री विप्लवकुमार देवले त्रिपुरामा २५ वर्षदेखि शासन गर्दै आएको कम्युनिष्ट शासन हटाएर २०१८ मा भारतीय जनता पार्टीको पहिलो मुख्यमन्त्री बन्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?