मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित

Read Time = 2 mins

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित हुनुभएको छ ।

उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७ हजार ४३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित हुनुभएको हो। पाँच हजार ९७९ मत गणना बाँकी हुँदा बानियाँले आठ हजार ६०५ मतान्तरले अग्रता बनाउनु भयो ।

उहाँले ३० हजार ३०२ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २१ हजार मत प्राप्त गर्नुभयो ।

उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवारी दिनुभएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता बनाइरहनु भएको छ । लामाले २१ हजार २०३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा एमालेका उम्मेदवार अनन्त पौडेलले १९ हजार ३२५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १८ हजार ६२६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आजै सार्वजनिक गर्ने गरी काम भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?