युगाण्डाविरुद्ध नेपालको पहिलो जित

Read Time = 3 mins

काठमाडौं । नेपालले कीर्तिपुरमा जारी महिला टी-२० क्रिकेट सिरिजमा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले युगाण्डालाई १५ रनले हराएको हो ।

वर्षाका कारण १८ ओभरमा छोट्टाइएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगाण्डा १८ ओभरमा ८ विकेट गुमाएर ८२ रनमात्रै बनाउँन सक्यो । युगाण्डाकी जेनेत म्वाबाजीले ३२ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाउनुभयो ।

ओपनर केविन एविनो ११ र रिता न्यांगेण्डो १६ रनमा रन आउट हुनुभयो । एभलिन एनीपो ११ बलमा २ चौकासहित १६ रन बनाउनुभयो । नेपालको लागि डेब्यु खेल खेलेकी युवा स्पिनर हिरान्माय रोयले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिनुभयो । अस्मिना कर्माचार्य, कविता कुँवर र रुविना क्षेत्रीले १-१ विकेट लिनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनमात्रै बनाउन सकेको थियो । नेपालकी ओपनर ज्योति पाण्डेले १३ बलमा ४ चौकासहित सर्वाधिक १७ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । विन्दु रावलले ३५ बलमा १ चौकासहित १६ रन थप्नुभयो ।

पहिलो विकेटका लागि ज्योति र विन्दुले ३.४ ओभरमा २९ रनको साझेदारी गर्नुबाहेक नेपालको साझेदारी पनि हुन सकेन् । सीता रानामगर ८ बलमा २ चौकासहित ११ रनमा रन आउट हुनुभयो ।

सरिता मगर २ रनमा बोल्ड हुनुभएको थियो । कप्तान रुविना क्षेत्री बेलवासे १, अप्सरी बेगम ४ र डली भट्ट ६ रनमा आउट हुनुभयो । अस्मिना कर्माचार्य र कविता कुँवरले ६–६ रन जोड्नुभएको थियो । युगाण्डाकी कोन्सी कोन्सी एविकोले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिनुभयो । सारा एकिटेंगले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर २ विकेट लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?