साताभर पाँच अर्ब २० करोडको सेयर कारोबार

Read Time = 3 mins

काठमाडौं । साताभर नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १५ अंक घटेको छ । साताको चार कारोबार दिनमा नेप्से २२ सय ३५ अंकमा झरेको हो । सेन्सेटिभ इन्डेक्ससमेत १९.२३ अंक घटेर ४३४.७३ अंकमा खुम्चिन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेर पाँच अर्ब २० करोडकोे मात्रै कारोबार भएको छ ।

यसैबीच तीन हाइड्रोपावर कम्पनीले सेयर बिक्री अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । माया खोला हाइड्रोपावर, मकर जीतुमाया सुरी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सेयर निष्काशन अनुमतिका लागि आवेदन दिएको बोर्डले जनाएको छ । सबैभन्दा धेरै माया खोला हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३४ लाख कित्ता सेयर निष्काशनका लागि अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ दरले ३४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । जसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

त्यस्तै भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १६ लाख ३१ हजार एक सय ६० कित्ता सेयर निष्काशनका लागि अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ दरले सेयर निष्काशन गर्न लागेको हो । जसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । मकर जीतुमाया सुरी हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको प्रतिकित्ता सय रुपैयाँ दरले सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?