-विजय रावत
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पुर्णप्रसाद धितालले पालिका भित्र शुन्य घर सुत्केरीको अवधारणा १ बर्ष भित्र पुरा गर्ने देखि ५ बर्ष भित्र कक्षा १ देखि ५ सम्मको आधारभुत विद्यालय तहमा शैक्षिक उपलब्धी स्तर ६० प्रतिशत पुर्याउने सम्म पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
आइतबार गाउँपालिकाको कार्यालयमा पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष धितालले समावेशी आवासीय विद्यालय स्थापना गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । गाउँपालिकाको निमार्णधिन प्रशासकीय भवन तत्काल निमार्ण गरि सुचारु गरिने भएको छ । पालिका स्तरीय रंगशाला निर्माणमा विशेष जोड दिइने नवनिर्वाचित अध्यक्षले निर्णय गर्नु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिनुभयो ।
पालिकाकाले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित, विश्वसनिय र प्रभावकारी बनाउन तथा नागरिकको सहज पहुँच पुर्याउनका लागि सुचना प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने पनि गाउँपालिकाका अध्यक्ष धितालले हस्ताक्षर गरेको निर्णयमा उल्लेख छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :