रोहित इन्डोनेसियाको केडिरी क्लबमा आबद्ध

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सुपरस्टार मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको क्लब पेर्सिक केडिरीमा अनुबन्धित हुनुभएको छ । इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिकले रोहितसँग सम्झौता गरेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएको छ ।

यसअघि रोहितले इन्डोनेसियाको अर्को क्लब पर्सिजा जाकर्ताबाट शीर्ष लिग खेलिरहनुभएको थियो । पेर्सिजासँग सम्झौता सकिएसँगै रोहित केडिरीमा अनुबन्ध हुनुभएको हो ।

रोहित पहिलोपटक सन् २०१३ मा पेर्सिजामा आबद्ध हुनुभएको थियो । मिडफिल्डर रोहितले दुई सिजनअघि क्लबका लागि सय खेल पूरा गर्नुभएको थियो । रोहितले पेर्सिजाबाट खेल्दा सन् २०१८ को लिग वानको उपाधि, २०१८ को प्रेसिडेन्सियल कप र २०२१ को मेन्पोरा कप जित्नुभएको थियो ।

यस्तै सन् २०१८ मा रोहित लिग वानका सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । यस्तै सो सिजनमा उहाँ लिगको उत्कृष्ट ११ खेलाडीभित्र पर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?