वैदेशिक रोजगारी ठगी कसुरका फरार प्रतिवादी पक्राउ

Read Time = 1 min

-डम्मर बुढा मगर
बागलुङ । वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी कसुरमा वैदेशिक रोजगार न्यायाधिकरण इजलाश काठमाण्डौबाट २०७७ चैत १७ गते बागलुङ १२ अमलाचौरका वर्ष ४२ का प्रकाश शर्मालाई एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो ।

फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

पक्राउपछि उनलाई जिल्ला अदालत बागलुङमा बुझाइएको रानाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?