पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : पूर्वप्रधानमन्त्री खनाल

Read Time = 2 mins

काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उहाँले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताउनु भयो ।

रुस र युक्रेनबीच तीन महिनादेखि युद्ध चलिरहेका बेला संसदमा खनालले भन्नुभयो, ‘पश्चिमा र पूर्वी शक्तिको बीचमा तीव्र ढंगले प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धा अहिले विश्वव्यापी रूपमा फैलिँदो अवस्था छ । यही प्रतिस्पर्धाको एउटा सिकारको रूपमा युक्रेन भइरहेको छ ।’

युक्रेनमा भइरहेको युद्धले युरोपमा दुईवटा शक्ति युद्धको अवस्थामा रहेको भन्दै उहाँले सो युद्ध तुरुन्तै टुंगिने अवस्था नरहेको बताउनु भयो । पश्चिमा महाशक्तिहरू र रुस दुवै शक्ति युद्धलाई तत्काल टुंग्याउने अवस्थामा नरहेका भन्दै उहाँले पश्चिमा शक्तिमा लागेकाले युक्रेन युद्ध झन झन लम्बिने अवस्था देखिएको छ । जसकारण मुद्रास्फिति, खाद्य संकट, इन्धनको मूल्यवृद्धि भइरहेको उहाँको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?