झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश दुई दलीय व्यवस्थामा गइसकेको बताउनुभएको छ । मंगलबार झापाको मेचीनगरमा आयोजित कार्यक्रममा उहाँले एकातिर नेकपा एमाले र अर्कोतिर गठबन्धन नामको पार्टी रहेको बताउनुभयो । ‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भएछ त अहिले भन्दा, एकतिर एमाले, अरू बाँकी अर्कातिर । त्यही पनि बहुमत एमालेको ।
आज देश यस स्थितिमा पुगेको छ,’ ओलीले भन्नुभयो, ‘एमालेसँग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचैजना चाहिन्छ ।’ ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको टिप्पणी गर्नुभयो । ‘गठबन्धन उहाँहरूलाई कति फापेको छ उहाँहरू जान्नुहुन्छ । एमालेलाई चाहिँ फापेको छ’ उहाँले भन्नुभयो ।
पूर्व-प्रधानमन्त्री रहनुभएका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्यसमेत गर्नुभयो । ‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचैजना (दल) लाई एकैपटक ‘क¥याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन’ उहाँले भन्नुभयो । ओलीले आसन्न स्थानीय तहको निर्वाचनमार्फत ‘झापा जिल्ला, लाल किल्ला’ बनाउने दाबी गर्नुभयोे । उहाँले पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धन’सँग नभएकोले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने जिकिर गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच