काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुने बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश सम्प्रेषण भएमा व्यवस्थाका लागि घातक हुने बताउनुभएको हो ।
उहाँले सांसदहरुको गतिविधि व्यवस्थाका विरुद्धमा वातावरण बन्नेतिर निर्देशित भएका छन् कि भन्ने विषयमा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले धेरै विधेयकहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै संसदभित्र अवरोध गर्नु नहुने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो अधिवेशनबाट धेरै विधेयकहरु पास गर्नुछ । धेरै विषयमा छलफल गर्नुछ । जनतालाई यो व्यवस्था, यो संसदले नै यो देशको हित गर्न सक्छ । हाम्रो संविधानको परिकल्पना पूरा गर्नसक्छ । र हामी यो मुलुकलाई समुन्नत मुलुक बनाउन सक्छौँ भन्ने प्रत्याभुति दिन जरुरी छ । हामी सबै मिलेर यदी अगाडी बढ्न सकेनौँ भने त्यो स्थिति बन्दैन । यदी यो संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश बाहिर संप्रेषण भयो भने यो व्यवस्थाका लागि त्यो भन्दा ज्यादा घातक केही हुन सक्दैन । त्यसकारण कहीँ हाम्रा गतिविधिहरु यही संविधानका विरुद्धमा, यही व्यवस्थाका बिरुद्धमा वातावरण बन्नेतिर निर्देशित त भइराखेका छैनन् ? त्यो पनि सोच्न जरुरी छ ।’
उहाँले संसदभित्र आलोचना स्वस्थ ढंगले गर्नुपर्ने बताउनु भयो । उहाँले धैर्यता र संयमित भएर आफ्नो कुराहरु राख्न सांसदहरुलाई आग्रह पनि गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच