‘प्रदुषण नियन्त्रणका निम्ति शक्तिशाली देश नै लाग्नुपर्छ’

Read Time = 2 mins

जेनेभा । भारतीय जल प्रतिष्ठानका अध्यक्ष अरविन्द कुमारले जलवायु वित्तका निम्ति भारतले पर्याप्त लगानी गरेको तथा घातक वस्तुको उत्सर्जनलाई पूर्ण नियन्त्रण गर्ने नीति अवलम्बन गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को जेनेभामा भएको ५४औं वार्षिक बैठकमा अध्यक्ष अरविन्द कुमारले युरोप, उत्तर अमेरिका र अष्ट्रेलियाजस्ता शक्तिशाली एवं समृद्धशाली देश प्रदूषण नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

इतिहासदेखि नै औद्योगिक क्षेत्रमा गरेको प्रगतिसँगै प्रदूषण पनि फैलाएका उत्तर अमेरिका, युरोपेली देश र अष्ट्रेलियाले हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो ।

विकासशील देशहरूले कोभिड महामारी, त्यसले निम्त्याएको आर्थिक संकट, बढ्दो ऋणका बाबजुद खाद्य तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्न निरन्तर आवाज उठाएको उल्लेख गर्दै अध्यक्ष अरविन्द कुमारले कोरोना महामारीका बेला भारतले विकासशील र विकासोन्मुख राष्ट्रलाई कोरोनाविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको बताउनुभयो । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?