बैंकक । थाइल्याण्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा थप दुई वर्षको कारागार सजाय सुनाएको छ । प्रख्यात मानवअधिकार वकिल अर्नोन नम्पाविरुद्ध लगाइएको यो पछिल्लो आरोप हो ।
उहाँले अहिले १० वर्षभन्दा धेरै कारागार सजायको सामना गर्नुभएको छ । सन् २०२१ मा फेसबुकमा पोष्ट गरिएको तीन सन्देशका लागि जनवरीमा चार वर्षको कारागार सजाय सुनाइएपछि उहाँ हाल कारागारमा हुनुहुन्छ । यसमा उहाँले पहिला नै लेज-मेजेस्टे (शासकको मर्यादा उल्लंघन गर्ने अपराध) का लागि चार वर्षको सजाय भोगिरहनुभएको छ ।
सरकारले असहमतिलाई दबाउन कठोर कानूनको प्रयोग गरेको र राजा महा वजिरालोंगकर्न तथा उहाँका परिवारको रक्षा गर्ने कठोर कानुन अन्तर्गत धेरै मानिसमाथि मुद्दा चलाएको आलोचकहरूले बताएका छन् ।
बैंककको आपराधिक अदालतले थाइल्याण्डको शाही मानहानि कानूनमा संशोधनका लागि सन् २०२१ मा हृयारी पोर्टर-थिम र्यालीमा आहृवान गरेकामा अर्नोनलाई दुई वर्ष २० दिनको कारागार सजाय सुनाइएको थियो ।
थाई लयर्स फर ह्युमन राइट्सले उहाँलाई लेज-मेजेस्टेको उल्लंघन, आपत्कालीन आदेशको अवहेलना र बिनाअनुमति लाउडस्पिकरको प्रयोगसहित चार आरोपमा दोषी पाएको बताएको छ । सन् २०२० मा थाइल्याण्डका युवाहरूको नेतृत्व गर्ने लोकतन्त्र समर्थक विरोध प्रदर्शनमा राजतन्त्रको सुधारका लागि अभूतपूर्व आहृवान गर्न हजारौँ मानिस सडकमा उत्रिएका थिए ।
अर्नोनलाई सजाय सुनाउँदै आपराधिक अदालतले लाउडस्पिकर प्रयोग गरेकामा एक सय ५० भाट जरिवानासमेत गरेको थियो । हालैका वर्षमा लेज मेजेस्टे कानुनअन्तर्गत आरोप लगाइएका १५० भन्दा बढी कार्यकर्तामध्ये अर्नोन एक हुनुहुन्छ । लेज मेजेस्टेलाई फौजदारीसंहिताको प्रासगिंक खण्डपछि ‘११२’ भनिन्छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच