हिटाकर्मी अधिकारीलाई पत्रकारिता सम्मान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हिटाकर्मी गीता अधिकारीलाई पत्रकारिता सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । काठमाडौंमा सम्पन्न भएको दोस्रो संस्करणको राष्ट्रिय एक्टिभ म्युजिक अवार्डमा उहाँलाई विशेष पत्रकारिता सम्मानद्वारा विभूषित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अधिकारीलाई सम्मान गर्नुभएको थियो । अधिकारीलाई प्रमुख अतिथि गुरुङले दोसल्ला, माला र सम्मान पत्र अर्पण गर्दै सम्मान गर्नुभएको थियो । आयोजकले उहाँलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?