![दक्षिण अफ्रिकी सर्वोच्च अदालतद्वारा पूर्वराष्ट्रपति जुमालाई चुनावका लागि अयोग्य ठहर](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Jacob-Zuma.jpg)
तेल अभिभ । मे महिनाको सुरुदेखि इजरायलले राफाह क्षेत्रमा सैन्य कारबाही सुरु गरेदेखि करिब आठ लाख मानिसहरू राफाहबाटे विस्थापित भएका छन् । प्यालेस्टाइनस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनडब्लुएआर) का प्रमुखले शनिबार गाजामा नागरिकहरूको अधिक सुरक्षा, सुरक्षित मानवीय पहुँच र युद्धविरामका लागि नयाँ अपिल गर्दै विस्थापित प्यालेष्टिनीको पछिल्लो विवरण सार्वजनिक गर्नुभएको थियो ।
राफाहको लगभग आधा जनसंख्या वा आठ लाख मानिसहरू सडकमा रहेको युएनडब्लुएआरका आयुक्त फिलिप लाजारिनीले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा उल्लेख छ । मानिसहरूलाई तथाकथित सुरक्षित क्षेत्रहरू खाली गर्नका लागि गरिएको आदेशपछि, मानिसहरू मुख्यतया गाजा र खान युनुसका मध्य क्षेत्रहरूमा गएका हुन् । गाजा र खान युनिसमा अत्यधिक भवनहरू ध्वस्त भएको र उनीहरूको व्यवस्थापनमा कठिनाइ हुने उहाँले बताउनुभयो ।
गाजाका मानिसहरू ‘सुरक्षित’ वा ‘मानवीय’ क्षेत्रमा सर्न सक्छन् भन्ने दाबी झुटो रहेको बताउँदै प्रत्येक पटक यसले नागरिकहरूको जीवनलाई गम्भीर जोखिममा पारेको लाजारिनीले उल्लेख गर्नुुभयो । गाजामा कुनै सुरक्षित क्षेत्र नभएको र त्यस ठाउँका कुनै पनि मानिस सुरक्षित नरहेको उहाँले उल्लेख गर्नुभएको छ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच