![राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/rakhepa-le-rastriya-para-khelkud-aayojana-garne.jpg)
भियना । संयुक्त राष्ट्रसंघले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी वा अन्य घटना दर्ता भएको भन्दै सोमबार आणविक र अन्य रेडियोधर्मी सामग्रीको तस्करीविरुद्ध ‘सतर्कता’ अपनाउन आहृवान गरेको छ । गत वर्ष ३१ वटा देशले १६८ वटा चोरी र तस्करीको घटना दर्ता गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) ले जनाएको छ । यसमध्ये छ वटा सम्भवतः तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग सम्बन्धित रहेको पुष्टि भएको आइएइएले बताएको हो ।
सन् १९९३ देखि आइएइएले चार हजार २४३ वटा घटना रेकर्ड गरेको छ जसमध्ये ३५० घटना तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग जोडिएको पाइएको छ । ‘घटनाहरूको पुनरावृत्तिले रेडियोधर्मी सामग्रीको नियन्त्रण, सुरक्षा र उचित डिस्पोज गर्न नियामक निरीक्षणको सतर्कता र निरन्तर सुधारको आवश्यकतालाई पुष्टि गर्दछ’, आइएइएका आणविक सुरक्षा महाशाखाकी निर्देशक एलेना बुग्लोभाले भन्नुभयो ।
आइएइएले युरेनियम, प्लुटोनियम र थोरियमजस्ता आणविक सामग्री समावेश भएका घटनाहरूमा गिरावट आएको उल्लेख गरेको छ । बुग्लोभाले विशेष गरी ओसारपसारका क्रममा बढी असुरक्षित रहने बताउँदै ओसारपसारसम्बन्धी सुरक्षा उपायलाई सुदृढ पार्न महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।
अष्ट्रियाको राजधानीमा शुक्रबारसम्म चल्ने आणविक सुरक्षासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै भियनास्थित आइएइए कार्यालयले यो तथ्यांक सार्वजनिक गरेको हो । यसअघि सन् २०२० मा भियनामा यो सम्मेलन आयोजना गरिएको थियो ।
हाल कूल १४५ राज्यले आणविक वा अन्य रेडियोधर्मी सामग्री हराएको, चोरी भएको, अनुचित रूपमा डिस्पोज गरिएको वा अन्यथा बेवास्ता गरिएको घटना आइएइएमा जानकारी गराएका छन् । रेडियोधर्मी पदार्थहरू विशेषत विश्वभरका अस्पताल, विश्वविद्यालय र उद्योगमा प्रयोग गरिन्छ ।
यस विषयमा चरमपन्थीहरूले सामग्री प्राप्त गरी तिनीहरूलाई ‘डर्टी बम’ का रूपमा प्रयोग गर्नसक्ने ठूलो चिन्ता रहेको छ ।
‘डर्टी बम’ले विखण्डित वा ‘फ्युजन एटम बम’को तुलनामा कम क्षति पुर्याउने भए पनि यसले शहरी क्षेत्रमा ठूलो आतंक निम्त्याउन सक्छ । रासस÷एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच